१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुः २९ संक्रमित ‘कोरोना हटस्पट’ भारतको महाराष्ट्र प्रान्तबाट आएको खुलासा



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा भेटिएका ३० कोरोना संक्रमित मध्ये २९ जना भारतको महाराष्ट्र प्रान्तबाट आएको खुलेको छ । बुधबारसम्म जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना स्वास्थ्यकर्मी हुन् भने अरु सबै महाराष्ट्रबाट हालै आएका हुन् ।

महाराष्ट्र भारतमा कोरोनाको ‘हटस्पट’ बनेको छ । यो प्रान्तका मुम्बई, पुणे लगायतका शहरमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्किने क्रम तीव्र छ । भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि हुनु र लामो समयसम्म लकडाउन जारी हुँदा नेपालीहरु धमाधम घर फर्किरहेका हुन् ।

सोही क्रममा कपिलवस्तुमा आएका २९ जनामा कोरोना संक्रमण देखिएको हो । दशगजाबाट नेपाल प्रवेश गर्न सरकारले अनुमती नदिएपछि यिनीहरु चोर नाका हुँदै लुकिछीपि कपिलवस्तु छिरेका थिए । लगत्तै उनीहरुलाई क्वारेनटाइनमा पठाइएको थियो ।

भारतका अरु प्रान्तबाट भन्दा महाराष्ट्रबाट आउने नेपालीको संख्या बढी हुँदा नेपाल कोरोनाको उच्च जोखिममा देखिएको छ । कोरोनाको जोखि न्यूनिकरणका लागि सरकारले चैत्र ११ गते देखि नै लकडाउन गरेपनि पछिल्लो समय सिमा नाकामा आएका नेपालीलाई समयमा व्यवस्थापन गर्न नसक्दा कोरोनाको जोखिम एकाएक बढेको हो । कपिलवस्तुमा पछिल्लो दुई दिन क्वारेनटाइमा बस्ने बढेको संख्याले यही खतरा देखाउँछ ।

संक्रमितको कन्ट्याक्क टे«सिङ र ट्राभ हिस्ष्ट्रि पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । केहिँ दिनमा यसको सबै प्रमाण जुट्ने स्वास्थ्यकर्मीले अपेक्षा लिएका छन् ।

जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा बस्ने झण्डै ८० प्रतिशत महाराष्ट्रका रहेका छन् । ४५ सयको हाराहारीमा क्वारेनटाइन बस्नेभएको कारण कोरोना जाँचमा समस्या भैरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ५ : ३७ बजे