१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फिफा यू–१७ महिला विश्वकप तीन महिना पछाडि धकेलियो



काठमाडौं ।
फिफा अन्डर १७ महिला विश्वकप फुटबल ३ महिना पछाडि धकेलिएको छ । कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सन् २०२१ को फेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको हो ।

प्रतियोगिता यसअघि यही नोभेम्बर २ देखि २१ सम्म भारतका विभिन्न ५ सहरमा हुने तय थियो । भारतले अहमदाबाद, भुवनेश्वर, गुवाहाटी, कोलकाता र नाभी मुम्बरीमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । गुवाहाटीमा उद्घाटन र नाभी मुम्बरीमा समापन गर्ने गरि भारतले तयारी गरेको थियो ।

यस्तै फिफाले अन्डर २० महिला विश्वकपको नयाँ मिति पनि सार्वजनिक गरेको छ । अन्डर २० महिला विश्वकप आगामी जनवरी २० देखि फेब्रअरी ६ सम्म हुनेछ । कोष्टारिका र पानामामा हुने प्रतियोगिता यसअघि सेप्टेम्बर अगष्टका लागि तय थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ३ : ५४ बजे