मायादेवी अनलाइन, तौलिहवा ।
गएको विहीबार र शनिबार गरि भेटिएका ५ कोरोना संक्रमित १७ जनाको सम्पर्कमा रहेको खुलेको छ । स्वास्थ्यकर्मीको विशेष टोलीले गरेको ‘कन्ट्याक्क ट्रेसिङ’ र ‘ट्रावल हिस्ट्रि’बाट उक्त कुरा खुलेको हो ।
संक्रमित व्यक्ति क्वारेनटाइन भित्र र भारतबाट आउँने बेला गरेर १७ जनासंग सम्पर्कमा रहेको भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
सम्पर्कमा आएका १७ जनाकै स्वाब संकलन गरेर रिपोर्टका लागि मंगलबार काठमाडौं पठाइएको जिल्ला जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । उनीहरु सबैको रिपोर्ट आजभोलिमा आउने उहाँले जनाउनुभयो ।
जिल्लामा सोमबार र मंगलबार गरेर फेरी २४ जना संक्रमित भेटिएका छन् । उनीहरुको पनि कन्ट्याक्क ट्रेसिङ र ट्रावल हिस्ट्रिको पत्ता लगाउने काम भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया