१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फेरि स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक, कोरोना खतराको बाहाना !



काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी समिति सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

नेकपाका नेता भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यो बैठक स्थगित भएको सूचना नेताहरुलाई दिइएपनि अर्को बैठकको मिति निश्चित गरिएको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  ९ : ५९ बजे