काठमाण्डौँ ।
भक्तपुरमा भेटिएका कोरोना संक्रमित एक महिनादेखि भीम रावलको सुरक्षामा नरहेको बताइएको छ । मंगलबार साँझ कोरोना संक्रमित व्यक्ति रावलको सुरक्षाकर्मी रहेको समाचार बाहिर आएका बेला सचिवालयले एक महिनाअघि देखि नै ती सुरक्षाकर्मी रावलको सम्पर्कबाट बाहिर रहेको नीजि सचिवालय सखस्य टेकेन्द्र कुँवरले सामाजिक संजाल मार्फत् जानकारी गराउनु भएको छ ।
भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन्।चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए। उनी श्रीमती बिरामी परेपछि जानकारी गराएर एक महिनाअघिदेखि नै छुट्टीमा गएका गएका कुँवरले बताउनु भयो ।
युवकलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। युवकबारे थप विवरण लिने काम भइरहेको छ।संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।
प्रतिक्रिया