राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।
बुधबार बिहान ६ बजे आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका नजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको थिथो ।
त्यस्तै सोमवार २९ गते सोही स्थानबाट २६ जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण भइरहेको थापाले बताउनुभयो ।
सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै सम्पूर्ण नागरिकलाई नआत्तिन र लकडाउनको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष थापाले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया