मायादेवी अनलाइन, तौलिहवा ।
मंगलबार साँझसम्मको रिपोर्ट अनुसार कपिलवस्तुका क्वारेनटाइनमा ४ हजार २ सय ६५ जना रहेका छन् । दुई दिनमा २५ सय बढी लुकीछिपी जिल्ला प्रवेश गरेपछि क्वारेनटाइनमा बढ्ने ह्वात्तै बढेका हुन् ।
जिल्लामा अहिलेसम्म ५ सय ६८ जनाको मात्र स्वाव संकलन गरिएको छ । जसमा २ सय ६३ जनाको मात्र रिपोर्ट आएको छ भने २९ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ५ जनाको रिपोर्ट आउँनै बाँकी छ ।
स्रोतका अनुसार कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका लगायतका स्थानीय तहमा गरिएको स्वावको रिपोर्ट आउँन बाँकी रहेको हो ।
बुधबार पनि जिल्ला दु्रत गतिमा कोरोनाको पिसीआर जाँच गर्ने तयारी छ । एकाएक क्वारेनटाइनमा बस्ने बढेपछि पिसीआर जाँचको दायरा बढाउन थालिएको हो ।
क्वारेनटाइनमा बस्ने सबै भारतबाट आएको र उनीहरुमा कोरोना संक्रमणको जोखिम बढी भएकाले पिसीआर विधिबाट जाँच गराउन थालिएको हो ।
जिल्लामा सबै भन्दा बढी महाराजगंजमा १ हजार २२ जना क्वारेनटाइनमा छन् । यस्तै कृष्णगनरमा ७ सय ५५, शुद्धोधनमा ५ सय, मायादेबीमा ४ सय ८६, बिजयनगरमा ३ सय ४४, शिवराजमा १ सय ९७, बाणगंंगामा ४९, यशोधरामा ३ सय ४०, कपिलवस्तुमा १ सय ८०, बुद्धभूमिमा २ सय १३, जना क्वारेनटाइनमा छन ।
ती सबै भारतबाट फर्केका हुन् । १० पालिकामा हालसम्म ४ हजार २६५ क्वारेनटाइन बेड छन ।
सशस्त्र प्रहरीले मंगलवार साँझसम्म सिमामा २ हजार ४ सय जना रहेको जनाएको छ । भारत र नेपाल बीच फर्कर्न खोज्नेलाई त्यही देशको क्वारेनटाइनमा राखिने सहमती भएको थियो । तर भारतीय सुरक्षा अधिकारीले भारतबाट फर्किने नेपालीलाई भगाउन थाले पछि अहिले नाकामा फर्कनेको भीड छ ।
प्रतिक्रिया