मायादेवी अनलाइन, तौलिहवा ।
पछिल्लो दुई दिन मै भारतका बिभिन्न स्थानबाट फर्केका २५ सय बढी लुकीछिपी कपिलवस्तु प्रवेश गरेका छन् । भारतमा लकडाउन खुकुलो पारिए पछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सिमा नाकाबाट लुकिछिपी आउनेक्रम बढेको हो ।
दुई दिन अघि जिल्लाका १० पालिकामा १५ सयको हाराहारीमा क्वारेनटाइनमा थिए । मंगलबार त्यो संख्या बढेर ४ हजार ६ पुगेको प्रशासन कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीले मंगलवार साँझसम्म सिमामा २ हजार ४ सय जना रहेको जनाएको छ । भारत र नेपाल बीच फर्कर्न खोज्नेलाई त्यही देशको क्वारेनटाइनमा राखिने सहमती भएको थियो । तर भारतीय सुरक्षा अधिकारीले भारतबाट फर्किने नेपालीलाई भगाउन थाले पछि अहिले नाकामा फर्कनेको भीड छ ।
सबै भन्दा बढी महाराजगंजमा १ हजार २२ जना क्वारेनटाइनमा छन् । यस्तै कृष्णगनरमा ७ सय ५५, शुद्धोधनमा ५ सय, मायादेबीमा ४ सय ८६, बिजयनगरमा ३ सय ४४, शिवराजमा १ सय ९७, बाणगंंगामा ४९, यशोधरामा ३ सय ४०, कपिलवस्तुमा १ सय ८०, बुद्धभूमिमा २ सय १३, जना क्वारेनटाइनमा छन ।
ती सबै भारतबाट फर्केका हुन् । १० पालिकामा हालसम्म ४ हजार २६५ क्वारेनटाइन बेड छन । ५ सय ६८ जनाको स्वाब संकलन गरिएकोमा २ सय ६३ जनाको रिपोर्ट आएको छ । जस मध्ये २९ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया