राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलवारसम्म ४ ओटा क्वारेन्टाइन र दशगजा नजिक रहेको दुई ठाउँमा ३ सय ४४ जना व्यक्ति रहेका छन् । जसमा गुगौलीको ४० जना, प्रेमनगरमा ४० जना, जुडपानीमा ३९ जना र गणेशपुरमा ९५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गाउँपालिकाको दशगजा नजिकै रहेको मधुनगरमा १ सय जना र नयाँबस्तीमा ३० जना गरी ३ सय ४४ जना रहेका छन् ।
जसमध्ये हालसम्म ७६ जनाको पिसिआर नमुना संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ । आइतवार ५० जनार सोमवार २६ जनाको पिसिआर नमुना संकलन गरिएको थियो ।
भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउबाटँ आएर दशगजा नजिकै बसेका सम्पूर्ण नागरिकाको खाना र बस्नका लागि उचित व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।
दिनप्रतिदिन संख्या बढ्दै जाँदा व्यवस्थापन कठिनाई हुँदै गएको र अवस्थालाई हेर्दा उच्च जोखिमपूर्ण रहेको थापाले बताउनुभयो । यसरी दिनप्रतिदिन कपिलवस्तुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सिल भएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गणेशपुरले पूर्ण रुपमा लकडाउन पालन गर्नका लागि माइकिङ्ग गर्दै बस्तीबस्तीमा पुगी जानकारी गराएको छ ।
प्रतिक्रिया