१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम आउँने



काठमाडौं ।
सरकारको आगामी आथिर्क वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते पेस हुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने निर्णय गरेको छ।

जेठ २ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्नुहुनेछ । अहिले संसद्मा प्रिबजेट छलफल चलिरहेको छ।

वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल गर्ने संसदको कार्यसूचि रहेको छ । नीति तथा कार्यक्रम पेसपछि जेठ १५ गते वार्षिक बजेट पेस हुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ४ : ३४ बजे