मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ । उनको परिचय गोप्य राखिएको छ ।
मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको पुष्टि गरेसंगै एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको हो ।
जिल्लामा देखिएका ८ संक्रमित मध्ये ती स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको हो ।
कपिलवस्तु नगरपालिकाका विभिन्न क्षेत्रमा काम गरिरहनुभएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपनि उहाँको अवस्था सामान्य रहेको जनाइएको छ ।
संक्रमित स्वास्थ्यकर्मी कपिलवस्तु अस्पतालमा कार्यरत रहेको खुलेको छ । उनको घर कपिलवस्तु नगरपालिका वडा नं. १ मा रहेको छ भने उनी २५ बर्षीय महिला हुन् ।
प्रतिक्रिया