मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु नगगरपालिकाका ७ वडामा कोरोना संक्रमित फेला परेका छन् ।
जिल्लामा आजसम्म भेटिएका कोरोना संक्रमित प्राय एउटै वडाका रहेपनि कपिलवस्तु नगरपालिकाका ७ वडाका नागरिकमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
यी सबै तौलिहवास्थित बुद्धपद्म माविको क्वारेनटाइनमा रहेका छन् । यति धेरै वडाका नागरिकमा कसरी कोरोना फैलियो अझै तथ्य बाहिर आएको छैन् । यद्यपि एउटै क्वारेनटाइनमा बस्दा एक आपसबाट सरेको हुन सक्ने स्वास्थ्यकर्मीहरुको प्रारम्भिक अनुमान छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वडा नं. १ की एक २५ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ । यो वडा सदरमुकाम तौलिहवामा अवस्थित छ ।
यता मन्त्रालयका अनुसार वडा नं. ३ मा २० बर्षीय र ३२ बर्षीय पुरुषमा कोरोना देखिएको छ । यो वडा पनि सदरमुकाम तौलिहवा क्षेत्र भित्र पर्दछ ।
यस्तै अरु वडामा एक एक जना संक्रमित भेटिएका छन् । जसमा नगरपालिकाको वडा नं. ६ का १९ बर्षीय एक पुरुष, वडा नं.४ का २५ बर्षीय एक पुरुष, वडा नं. ५ का ३६ बर्षीय एक पुरुष, वडा नं. का १९ बर्षीय एक पुरुष, वडा नं. ८ का २५ बर्षीय एक पुरुष रहेका छन् ।
यी सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारका लागि कोरोना अस्थायी अस्पताल बुटवल लैजाने तयारी भैरहेको छ । जिल्लामा गत विहीबार, शनिबार र सोमबार गरी २१ जना कोरोना संक्रमित यसभन्दा पहिलानै फेला परिसकेका छन् ।
प्रतिक्रिया