मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । मंगलबार रुपन्देहीमा ९ र कपिलवस्तुमा ८ जना नयाँ संक्रमित भेटिएपछि प्रदेशमा संक्रमितको संख्या ७० पुगेको हो ।
कपिलवस्तुमा मंगलबार भेटिएका आठै जना कपिलवस्तु नगरपालिकाका विभिन्न वडाका रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरु कपिलवस्तु नगरपालिका वडा नं. ६ का बर्ष १९ पुरुष १ जना, वडा नं.४ बर्ष २५ पुरुष १, वडा नं. ५ बर्ष ३६ पुरुष, वडा नं.३ वर्ष ३२ पुरुष १, वडा नं.७ बर्ष १९ पुरुष, वडा नं.३ बर्ष २० पुरुष, वडा नं. ८ बर्ष २५ पुरुष, वडा नं. १ बर्ष २५ महिला रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी भैरहेको बताइएको छ ।
यसभन्दा अगाडि प्रदेश स्वास्थ्य निर्देशनालयले यशोधरा गाउँपालिकामा रहेको बताएको भएपनि उनीहरु कपिलवस्तु नगरपालिकाका रहेको पाइएको हो ।
प्रतिक्रिया