१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपालका १७ जिल्लामा फैलियो कोरोना (नाम र संख्यासहित)



काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) हालसम्म नेपालको १७ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार मात्र २४ जना कोरोना संक्रमित थपिएदा नेपालभर संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

पछिल्लो समय कोरोना देखिएको जिल्ला सप्तरी र बर्दिया हो । यी दुई जिल्लासंगै १७ जिल्लामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ सय ३४ मध्ये ३३ जना निको भएर घर फर्किएका छन् । अरुको अवस्था सामान्य छ ।

नेपालका कोरोना देखिएका जिल्लामध्ये सबैभन्दा बढी प्रभावित जिल्ला उदयपुर हो । उदयपुरमा अहिलेसम्म ३२ जना संक्रमित छन् । यस्तै पर्सामा २५, बाँके २४, कपिलवस्तु २१ जना संक्रमित रहेका छन् ।

रुपेन्देही ७, काठमाडौं ५, कैलाली ४, रौतहट ३, बाग्लुङ २, बारा २, चितवन २, झापा २, बर्दिया, भोजपुर, सप्तरी, सर्लाही, कञ्चनपुरमा एक एक जना संक्रमित रहेका छन् ।

जिल्लाको यो आँकडालाई हेर्दा मुलुकका ७ प्रदेशमध्ये कर्णालीबाहेक सबै प्रदेशमा कोरोनाको पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ८ : २६ बजे