मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नदीको नदीजन्य पदार्थको चोरी तस्करीमा संलग्न आठ ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको मौका छोपेर रातको समयमा नदीजन्य पदार्थको चोरीको संलग्न आठ ट्याक्टरलाई सशस्त्र प्रहरी कार्यालय पिपरा वेश क्याम्पले नियन्त्रयामा लिएको हो ।
करिब एक साताको अवधिमा चोरी गरि ल्याएको नदीजन्य पदार्थसहित आठ ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पिपराका प्रमुख चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रकाउ परेका आठ ओटै ट्याक्टरलाई जिल्ला समन्वय समितिको मातहतमा बुझाइने खत्रीले बताउनुभयो । रातको समयमा गस्ती गर्ने क्रममा यी ट्याक्टर बरामद गरिएको उहाँले बताउनुभयो ।
लकडाउन अगाडि ठेक्का लागेपनि अहिले नदी नदीजन्य पदार्थ निकाल्न पूर्णतया बन्द छ । यो बेला चोर नाकाको प्रयोग गरी वाणगंगा नदीमा चोरी निकासी मौलाउन थालेको छ ।
प्रतिक्रिया