१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यस वर्ष अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने



न्युयोर्क ।

अन्तर्राष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन ९युएनडब्लुटीओ० ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो ।

यस बर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ । विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो बर्षको तुलनामा यस बर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।

यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य ९एसडीजि०लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ । कोरोनाभाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  ६ : ११ बजे