प्यूठान ।
जिल्लामा ३९ जनाको कोरोना भाईरस (कोभिड-१९) पीसिआर नेगेटिभ आएको छ । म्याग्दी र काठमाडौंबाट आएका प्यूठानका पुरुषमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएका दुई सहित ३९ जनाको स्वाव परिक्षणका लागि भैरहवा पठाइएको थियो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएका मध्ये कुनै पनि स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए ।
उनका अनुसार प्यूठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्यूठान नगरपालिकाका स्थानीय बासिन्दा हुन् । अहिलेसम्म प्यूठान सुरक्षित रहेको बताउँदै सुबेदीले सचेत र सजग रहन सबैमा आग्रह गरे ।
प्रतिक्रिया