मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बुड्ढीका युवाहरुले सुत्केरी तथा गर्भवती महिलालाई अण्डा तथा झुल वितरण गरेका छन् ।
कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरी महिलाहरुमा हुनसक्ने पोषणको कमिलाई मध्यनजर गर्दै उनीहरुलाई पोषणयुक्त खाद्यान्न अण्डा वितरण गरिएको हो । अण्डाले उनीहरुको स्वास्थ्य अवस्थामा केहि सुधार आउने अपेक्षा छ ।
युवाहरुले आफै आर्थिक रकम उठाएर ७५ जना गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झुल वितरण गरेका हुन् ।
यस्तै एकजना अति विपन्नलाई पनि उक्त सामग्री वितरण गरिएको छ । स्वास्थ्यचौकीमा रहेको तथ्याङ्कको आधारमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको स्थानीय वर्षा लम्सालले जानकारी दिनुभयो ।
प्रतिक्रिया