१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिद्धार्थ क्याम्पसको क्वारेनटाइनका लागि कृषक पाठशालाद्धारा ३६ किलो बोडी सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले बनाएको क्वारेनटाइनको लागि बाणगंगाको एक कृषि समुहले सोमबार तरकारी वितरण गरेको छ ।

पछिल्लो समय बाणगंगाले सिद्धार्थ क्याम्पसमा बनाएको क्वारेनटाइनमा बस्नेको संख्या बढेपछि तरकारीको लागि समस्या नहोओस् भनेर वडा नम्बर दुई राजपुरमा रहेको दर्पण आइपिएम कृषक पाठशालाले ३६ किलो बोडि वितरण गरेको हो । क्वारेनटाइनमा बस्नेहरु दिन प्रतिदिन बढेपछि अहिले त्यहाँ तरकारी लगायतको समस्या भएको थाहा भएपछि सहयोग गरिएको संचालक चुरामणी घिमिरेले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि क्वारेनटाइनमा बस्नेहरुलाई राम्रो र ताजा तरकारी खुवाउन आफूहरुले सहयोग गर्ने घिमिरेले जानकारी दिनुभयो ।

नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेल, वडा नं. ५ का वडाध्यक्ष तथा नगरका सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसाल, वडा नम्बर ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नम्बर ११ का वडाध्यक्ष सोम प्रसाद अर्याल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायतको सहभागितामा हरियो ताजा तरकारी वितरण गरिएको हो ।

सो समस्यामा सहयोगको लागि बढेपछि खानपिनमा समस्या उक्त कृषि पाठशाला संचालनमा नगरले सहयोग गरेको कृषि शाखा अधिकृत सन्तोष कुमार भुसालले जानकारी दिनुभयो । कार्यक्रममा कृषि शाखामा प्राविधिक सहायक पदमलाल घिमिरे, लक्ष्मण भण्डारी तथा समाजसेवी सन्तोष घिमिरेको सहभागिता थियो ।

नगरपालिकाद्धारा संचालित उक्त कृषक पाठशालाले तरकारी तथा अन्य कृषिजन्य वस्तुहरु उत्पादन गरिरहेको छ । अहिले बाणगंगाको क्वारेनटाइनमा बस्ने एक्कासी बढेर ४० भन्दा बढी भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ७ : ११ बजे