मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुर चौरीका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले अग्निपीडित उक्त परिवारलाई राहत वितरण गरेको हो ।
यहि बैशाख २८ गते दिउसो खाना पकाउन बालेको आगो सल्कदा स्थानीय खिम बहादुर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागीको खबर पाउन साथ आफुहरु तत्कालै गएर राहत वितरण गरेको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभएको छ ।
तत्कालको लागि अति आवश्यक सामग्री चामल, दाल, नन, तेल, बिस्तारा झुल लगायतका सामग्री वितरण गरिएको नेपाल तरुण दल जिल्ला अध्यक्ष शक्ती सिंह ठकुरीले बताउनुभएको छ । आर्थिक अवस्था न्यून रहेको उक्त घरमा बृद्ध आमा र छोरी बस्दै आएका थिए ।
आइतबार दिउँसो आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । घर जलेर बिचल्लीमा परेको उक्त परिवारलाई केहि राहत महसुस भएको छ । नेविसंघ तथा तरुण दलले यस अघि पनि जिल्लाका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको छ । साथै कहि कतै समस्या परे तत्कालै पुगेर सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया