मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा सोमबार भेटिएका कोरोना संक्रमित भारतीय सिमा नाकाबाट हालै घर आएको पाइएको छ । सिमा नाकामा नेपाल सरकारले नेपाल छिर्न नदिएपनि उनीहरु चोर नाकाको प्रयोग गरी कपिलवस्तु आएको बताइएको छ ।
घरमा आए पछि उनीहरु सम्बन्धित पालिकाको क्वारेनटाइनमा बसेका थिए । क्वारेनटाइनमा बसेकै बेला गरिएको स्वाव संकलनमा उनीहरुलाई कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
सोमबार भेटिएका १० जना मध्ये ८ जना भारतीय सिमावर्ती यशोधरा गाउँपालिकाको बैदौलीका हुन् । उनीहरु सबै क्वारेनटाइनमा छन् । यस्तै बुद्धभूमि नगरपालिकाको वडा नं. १० र वडा नं. ७ मा भेटिएका दुई संक्रमित पनि क्वारेनटाइनमा रहेका छन् । उनीहरुको शनिबार नै स्वाव संकलन गरेर काठमाडौं पठाइएको थियो । जसमा सोमबार विहान मात्र रिर्पोट पोजेटिभ आएको हो ।
यसभन्दा अगाडि विहीबार र शनिबार भेटिएका ५ जना कोरोना संक्रमित पनि भारतीय नाकाबाट लुकेरै आएका थिए । यसरी भारतबाट लुकेर आउँने जिल्लामा बढीरहेका छन् भने कोरोना संक्रमणको त्रास पनि बढिरहेको छ । आइतबार साँझसम्मको तथ्याङ्क अनुसार दशगजामा १८ सय ५४ जना अलपत्र परेका छन् । जसमा ८ सय १६ जना कपिलवस्तुमा मात्र छन् ।
प्रतिक्रिया