९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोनाको पछिल्लो इपिसेन्टर रुसः दैनिक ११ हजारको संख्यामा संक्रमित थपिँदै



एजेन्सी ।
रुसमा तीब्ररुपमा फैलिँदै गएको कोरोनाका कारण दैनिक ११ हजारमा संक्रमण देखिन थालेको छ। त्यहाँ एक हप्तादेखि दैनिक ११ हजारको हाराहारीमा संक्रमण देखिन थालेको हो। संक्रमितको संख्या २ लाख नाघेको छ। रुसमा हालसम्म १ हजार ९ सय १५ को ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार अमेरिकामा भने मृत्यु दर घट्दै गएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ५० जनाले मात्र ज्यान गुमाएका छन्। यस अघि लगभग तीन हजारसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुने गरेको थियो। अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ भने १२ लाख ६७ हजार संक्रमित छन्।
विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७८ हजार भन्दा माथि पुगेको छ। विश्वभर २ लाख ८३ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ। विश्वभर १४ लाख ९० हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वा्धिक छ। त्यहाँ २ लाख ५६ हजार ३ सय ३६ संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ७६ हजार ४ सय स्पेनमा १ लाख ५ हजार १ सय ८६, इटालीमा संक्रमणमुक्त भएका छन्। नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन्।

स्पेनमा २ लाख ६४ हजारमा संक्रमण देखिएको छ भने ४६ हजार ६ सय २१ संक्रमित छन्। त्यहाँ २६ हजार ६ सय २१ जनाको मृत्यु भइसेको छ। बेलायतमा २ लाख १९ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ। त्यस्तै बेलायतमा ३१ हजार ८ सय ५५ मा संक्रमण छ। इटालीमा ३० हजार ५ सय ६० को मृत्यु भएको छ त्यहाँ २ लाख १९ हजारमा संक्रमण देखिएको छ।    विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७८ हजार भन्दा माथि पुगेको छ।  विश्वभर २ लाख ८३ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ।  विश्वभर १४ लाख ९० हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ २ लाख ५६ हजार ३ सय ३६ संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ७६ हजार ४ सय स्पेनमा १ लाख ५ हजार १ सय ८६, इटालीमा  संक्रमणमुक्त भएका छन्। नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ७ : ५५ बजे