६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

कोरोना अपडेटः भारतमा २४ घण्टामा ४ हजार ३५३ जना संक्रमित, १ सय ११ ले ज्यान गुमाए




एजेन्सी ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको छ । नियन्त्रणका लागि लकडाउनका जारी रहे पनि त्यहाँ कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ हजार ३५३ जना नयाँ संक्रमित थपिँदा १ सय ११ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै त्यहाँ कुल संक्रमितको संख्या ६७ हजार १६१ पुग्दा २ हजार २१२ जनाको मृत्यु भएको छ ।
हालसम्म भारतमा झण्डै २१ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिले करिब ४४ हजार व्यक्तिको उपचार भइरहेको छ । भारतमा हालसम्म १६ लाख ९ हजार बढीले कोरोना परीक्षण गरिसकेका छन् । दक्षिण एसियाको अर्को बढी कोरोना प्रभावित पाकिस्तानमा संक्रमितको संख्या ३० हजार ३ सय नाघेको छ । जसमध्ये ६ सय ५९ ले ज्यान गमुाउँदा ८ हजार संक्रमित डिस्चार्ज भएका छन् ।

२१५ देशमा फैलिसकेको कोरोनाबाट सोमबार बिहानसम्म ४१ लाख ७९ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १४ लाख ९० हजार निको हुँदा २ लाख ८३ हजार संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ७ : १६ बजे