९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मायादेवी गाउँपालिकाः ६० जनाको स्वाव पुनः सकंलन गरिने



मायादेवी अनलाइन, तौलिहवा ।
५ संक्रमित भेटिएको कपिलवस्तुको मायादेबी गाउँपालिका– १ पकडी स्थित छत्रपाली तिर्थादेबी माविको क्वारेनटाइनमा रहेका ६० जनाको स्वाव पुनः सकंलन गरिने भएको छ । त्यही क्वारेनटाइनमा रहेका ६५ जना मध्ये ५ जना युवामा कोराना भेटिएको थियो । मायादेबी गाउँपालिका– २ अभिरावका ३, सोही पालिका– ८ बिजुवाका एक र शुद्धोधन गाउँपालिका– ६ कर्माका एक युवामा कोरोना देखिएको थियो ।

६५ जना मध्ये ६० जनाको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । सो क्वारेनटाइनमा रहेका अन्य ६० जना संक्रमितसंगै सम्पर्कमा आएको हुन सक्ने भन्दै उनीहरुको आउने मंगलवार बैशाख ३० गते स्वाव संकलन गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । ‘पिसीआर टेस्टका लागि उनीहरुको स्वाव संकलन गर्न चाहिने आवश्यक सामग्रीका लागि स्वास्थ्य कार्यालयसंग समन्वय गरेका छौ’ उनले भने ।

उता कोराना संक्रमित भए पछि छत्रपाली तिर्थादेबी माबि क्वारेनटाइन सहीत गाउँपालिकालाई सिल गर्न आवश्यक जनशक्ति अभाव भएको यादवले बताए । ‘जनशक्ति नहुँदा काम गर्न निकै कठिनाई भएको छ’ उनले भने ‘धेरै काम गर्नु छ तर जनशक्ति र स्वास्थ्य सामग्रीको अभाव छ ।’

कोरोनो संक्रमित भेटिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरेको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रशासन कार्यालय, गाउँपालिकामा आवश्यक छलफल र समन्वय गरेकोे छ । गाउँ पालिकाको बैठकमा कोरोना संक्रमितका बिषयमा अनुसन्धान गर्न स्वास्थ्य संयोजक यादवको नेतृत्वमा ३ सदस्यीय कार्यदल बनाएको छ ।

यस्तै पालिकाबाट बडा स्तरीय समेत समिति निर्माण गरिएको छ । कार्यदलले संक्रमित युवाहरुको कन्ट्रयाक्ट हिस्ट्रीको काम अघि बढाएको छ । संक्रमितका अभिभावकसंग सम्पर्क गरिएको र केसको अनुसन्धान थालिएको संयोजक यादवले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  १० : २५ बजे