९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुको विजयनगरमा ५० जनाको स्वाव संकलन, रिपोर्ट कहिले आउँला ?



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा आइतवार ५० जनाको स्वाव संलकन गरिएको छ । भारतका बिभिन्न शहरमा बसेर लुकीछिपी प्रबेश गरी क्वारेनटाइनमा रहेकाहरुको स्वाव संकलन गरिएको हो ।

संकलित स्वावलाई पिसीआरका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला पठाइने जन स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । सो गाउँपालिकामा १ सय ३ जना लुकीछिपी नेपाल प्रबेश गरी क्वारेनटाइनमा रहेका मध्यको स्वाव संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ अधिकारीले बताए ।

तत्कालका लागि ७५ जनाकोे स्वाव संकलनको लिस्ट बनाएको उनले बताए । यस अघि जिल्लामा ४ सय ५३ जनाको स्वाव संकलन गरिएको थियो । त्यस मध्ये १ सय ६३ जनाको रिपोर्ट आईसकेको छ । जसमा ५ जना कोरोना संक्रमित भेटिएका थिए । बाँकीको अझै रिपोर्ट आउँन बाँकी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  ९ : ४७ बजे