९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मालिका गाउँपालिकामा काममा आधारित राहत कार्यक्रम



गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका ८ वटै वडामा गरेर दुई हजार सात सय ३५ विपन्नले काम पाएका छन् । वडा नं ६ अर्जेमा मात्रै दुई सय १० जनाले विभिन्न काम गर्दै आएका छन । सबै जनालाई १०÷१० जनाको समूहमा परिचालन गरेर काम भइरहेको र सर्वदलीय संयन्त्रमार्फत कामको मूल्यांकन भएको मालिका गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणमा राहत वितरण गरेका अतिविपन्न ६ सय ९० र विपन्न दुई हजार ४५ गरेर दुई हजार सात सय ३५ परिवारलाई ‘एक घर एक काम’ को व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।

एक परिवारले तीन दिन काम गर्नुपर्ने मापदण्ड गाउँपालिकाले बनाएको छ । काम गरेबापत ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो ।

तीन दिन काम गरे प्रधानमन्त्री रोजगार कार्यक्रमकै मापदण्डअनुसार खाद्यान्न वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  ९ : ३२ बजे