९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सहमति पछि तुलसीपुरका व्यापारीले पसल खोले



दाङ ।
प्रहरीले व्यवसायीमाथि कूटपिट गरेको विरोधमा बन्द भएको तुलसीपुरको बजार आजदेखि संचालनमा आएको छ । जिल्ला प्रशासन, स्थानीय प्रहरी, व्यवसायी र जनप्रतिनिधिबीच हिजो (शनिबार) भएको छलफलपछि आजदेखि तुलसीपुरमा अत्यावश्यक पसल पूर्व्निर्धा्रित तालिका अनुसार खोलिएको छ ।
प्रहरीले दुख दिएको भन्दै व्यवसायीले पसल बन्द गरेका थिए । प्रहरीले अब त्यस्ता घटना नर्दोयाउने जनाएपछि व्यवसायीले पसल खोल्न सहमति जनाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिनुभयो ।
लकडाउनको समयमा अत्यावश्यक सामग्री राखिएका पसलका साथै सामान बोक्ने गाडीहरुलाई समेत चल्न दिने निर्णय गरिएको छ । बजारमा रहेको अस्तव्यस्त ता हटाउने र अत्यावश्यक पसल सूचारु पनि हुन दिने गरी निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले बताउनुभयो ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  ४ : ५३ बजे