काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यहारमा मुद्दा चलाइने भएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकले शुक्रबार सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गरेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्रहरीमाथि हातपात गर्ने यानचाओ, ग्याभिट, जान्था र ज्याजलिनविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको बताए ।
निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका ४७ जना चिनियाँलाई नियन्त्रणमा लिए पनि प्रहरीमाथि हातपातमा संलग्न चार जनाविरुद्ध मुद्दा चलाउन लागिएको हो ।
चिनियाँको हातपातका क्रममा प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका थिए ।
प्रतिक्रिया