९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

संसारकै धनी मानिने स्वीट्जरल्यान्डमा निःशुल्क खाना खान १ किलोमिटरको लाइन




एजेन्सी ।

संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्‍यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए ।

स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ निःशुल्क खानाका लागि लाइन लागेका हुन् । खानाका लागि लाइनमा बस्नेहरुमा गरिब कामदार र बिना कागजात बसिरहेका आप्रवासीहरु थिए ।

कोरोना भाइरसको महामारीले संसारका धनी देशहरुमा समेत समस्या सिर्जना भइरहेको यसले पुष्टि गरेको छ । यो लाइन एक किलोमिटर भन्दा लामो थियो ।

जहाँ केही स्वयम्सेवीले निःशुल्क खानका १ हजार ५ सय प्याकेट बाँडेका थिए । स्थानीय समयअनुसार साँझ ५ बजे लाइन सुरु भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  १० : ०० बजे