काठमाण्डौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ। हाल पश्चिमी भूभागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केही स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानहरु लगायत मध्य र पूर्वका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।राति देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया