९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

जर्मनीको एक फुटवल क्लवका सबै खेलाडी र प्रशिक्षक आइसोलेसनमा



एजेन्सी ।
जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ ।दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।

जर्मनीमा कोरोना भाइरसको महामारी कम हुँदै गएपछि जनजीवन सामान्यतर्फ उन्मुख छ भने खेलकुद गतिविधिहरु विस्तारै सुरु गर्ने तयारी भइरहेको छ । जर्मन बुन्डेस लिगा र बुन्डेस लिगा टु यसै महिनादेखि सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु १६ मे देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताउँदै भनेको छ, ‘‘तथ्य यहि हो कि हामी आगामी १४ दिन न प्रशिक्षण गर्न सक्ने छौं न त खेलमा नै सहभागी हुन पाउने छौं ।’गएको बिहीबार जर्मन फुटबल एसोसिएशन ९डीएफबी० ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो । बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोभिड–१९ परीक्षण अनिवार्य गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  ८ : ३२ बजे