काठमाडौं ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ ।
एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ ।
प्रतिक्रिया