९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

भारत हुँदै ९८ जना विजयनगर छिरे, गाउँपालिकाले छोपेर राख्यो क्वारेन्टाइनमा



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ जना नागरिकलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु सबै भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायतको विभिन्न ठाउँबाट लुकीछिपी आएका हुन् । उनीहरुलाई ५ वटा क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ ।

विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । यसरी लुकीछिपी आउने गरेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने थापाले बताउनुभयो ।

हाल विजयनगरको क्वारेन्टाइनमा जम्मा १ सय ६३ जना रहेका छन् । जसमध्ये ३२ जना महिला रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ७ : ५८ बजे