९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुः संक्रमित बसेको क्वारेनटाइन सिल, ‘कन्ट्याक्ट ट्रेसिङ’को काम जारी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ मा रहेको छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभएको छ ।

यही क्वारेनटाइनमा बसेका मध्ये ५ जनामा कोरोना संक्रमण देखिए पछि उक्त क्वारेनटाइनलाई सिल गरिएको उहाँले बताउनुभयो ।

६५ जनाको बासोबास रहेको क्वारेनटाइमा सबैको स्वाव परिक्षण गरेर काठमाडौं पठाइएको छ । उनीहरु मध्ये केहीको मात्र रिर्पोट आएको थियो । जसमा ५ जनाको कोरोना पोजेटिभ देखिएको थियो ।

उता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्री, लगातका कुरा पत्ता लगाउन जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरेको नेतृत्वमा ४ सदस्यीय टोली कपिलस्तु आएको छ ।

टोलीले अभिराव, छत्रपाली तीर्थादेबी माबिको क्वारेनटाइन पुगेर आवश्यक कार्य अघि बढाएको प्रजिअ पौडेलले बताउनुभयो । कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ७ : १६ बजे