प्यूठान ।
कोरोनाको द्रुत परिक्षण (आरडीटी) गर्दा प्यूठानका दुई जनामा कोरोना देखिएको छ । २१ र ४३ वर्षका दुई पुरुषहरुलाई १५ दिन अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु गत बैशाख १३ गते काठमाण्डौ र म्याग्दीबाट घर फर्केका थिए ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिले प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको जानकारी दिनुभयो । शनिबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनीहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भएको समेत सुबेदिले बताउनुभयो । थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज पन्ध्रौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो । उनीहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ । उनीहरु प्युठान नगरपालिका वडा नंवर १ र २ का बासिन्दा भएको बताईएको छ ।
प्रतिक्रिया