मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण लकडाउनको उल्लङ्घन गर्दै स्वदेश फिर्ताको माग गर्दै सिंहदरबार अगाडि बिरोध प्रर्दशनका क्रममा नेपाल प्रहरी माथी हातपात गर्ने चिनियाँ नागरिकलाई कारबाहीको माग गर्दै तौलिहवामा भद्र प्रर्दशन गरिएको छ । तौलिहवास्थित प्रशासन कार्यालय अगाडि सामाजिक दुरी कायम गरी ५ जना युवाहरुले छातीमा कारबाहीको माग सहीतको कार्ड टागेका हुन् ।
ड्युटीको पालना गरिरहेका प्रहरीमाथि चिनियाँ नागरिकले बर्दी तान्ने, धकेल्ने र हातपात गर्ने कार्य निन्दनीय रहेको भन्दै दोषीमाथी कडा कारबाही हुनु पर्ने माग गरे । कारबाहीको माग गदै प्रर्दशन गरेका युवा नेता राम निवास यादवले सरकारले जारी गरेको लकडानउको उल्लङ्घन गर्दै बिरोध प्रर्दशन गर्ने र उल्टै प्रहरीमाथि जाई लाग्ने कार्य निन्दनीय रहेको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गरे ।
शुक्रवार सिंहदरबारमा चिनियाँ नागरिकले सिंहदरबारमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा चिनियाँ नागरिकले अटेर गरी उल्टै प्रहरीलाई हात हालेपछि झडप भएको थियो । झडपमा एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक गरी चार जना घाइते भएको जनाइएको थिए । केही समयको झडप पश्चात प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया