९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा भेटिएका तीनै जना कोरोना संक्रमित भारतको मुम्बईबाट लुकेर आएका थिए



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार जिल्लाको मायादेबी गाउँपालिकाका दुई र शुद्धोदन गाउँपालिकाका एक जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर समिर कुमार अधिकारीले शनिवार निकालेको बिज्ञप्तीमा कपिलवस्तु सहीत ३ जिल्लामा सात जना नयाँ संक्रमति फेला परेका हुन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेको छ । पाच जना नै भारतको मुम्बईबाट चोर नाका हुँदै फर्कका हुन् ।

तीन जना मध्ये २ जना मायादेबी गाउँपालिका र एक जना शुद्धोदन गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ । मायादेबी गाउँपालिका वडा नम्बर २ अभिरावका १८ बर्ष, सोही पालिका वडा नम्बर ८ बिजुवाका १८ बर्ष तथा शुद्धोदन गाउँपालिका– ६ कर्माका १७ बर्षीय युवामा कोरोना देखिएको हो । भेटिएका ५ मध्ये ४ मायादेबी र एक शुद्धोदन गाउँपालिकाका हुन् ।

गत मंगलवार मायादेबी गाउँपालिकका– १ स्थित छत्रपाली तीर्थादेबी माबिमा रहेका ६५ जनाको स्वाब संकलनको परिक्षण पछि ५ जनामा संक्रमण देखिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । परिक्षण पछि दुई दिन अघि दुई जना र शनिवार तीन जना संक्रमित देखिएका हुन् । शनिवार पुष्टी आएको मायादेवी गाउँपालिका– २ का १८ बर्षीय युवा पनि यस अघिका २ जना संक्रमितसंगै भारतको मुम्बईबाट फर्केका थिए ।

भारतको मुम्बईबाट फर्केका सोही पालिकाको वडा नम्बर दुई अभिरावका १६ र २६ बर्ष युवामा कोरोना संक्रमति देखिएको थियो । गत बैशाख २३ गते रातिको मुम्बईबाट फर्कका ५ जना मध्ये ३ जनामा कोरोना भेटिएको छ । शनिवार संक्रमित देखिएका मायादेवी गाउँपालिका– ८ बिजुवका १८ बर्षीय युवा गत बैशाख २२ गते र शुद्धोधन गाउँपालिका– ६ कर्माका १७ बर्षीय युवा बैशाख २० गते चोर नाका हँुदै छिरेका थिए ।

लुकीछिपी नेपाल प्रबेश गरेपछि स्थानीयको सहयोगमा दुबैलाई छत्रपाली तीर्थादेबी क्वारेनटाइनमा राखिएको थियो । चोर नाका हुँदै फर्केका संक्रमितसंगै फर्केका ७ जना मध्ये २ जना अझै भेटिएका छैनन् । सोही समुह मध्ये तीन जनामा संक्रमित भएका हुन् ।

दुबै जनाको खोजी भईरहेको प्रहरी उपरिक्षक दीप शमशेर राणाले बताए । प्रदेश नम्बर ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बाँकेमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा एक जना संक्रमित भेटिएका छन् ।

उता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्री, लगातका कुरा पत्ता लगाउन जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरेको नेतृत्वमा ४ सदस्यीय टोली कपिलस्तु पुगेको छ । टोलीले अभिराव, छत्रपाली तीर्थादेबी उमाबिको क्वारेनटाइन पुगेर आवश्य कार्य अघि बढाएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ११ : ४० बजे