मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा आज (शनिबार) भेटिएका तीनै जना संक्रमित मायादेवी गाउँपालिकाका रहेको खुलेको छ । गाउँपालिकाको वडा नं. १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
उक्त क्वारेनटाइनमा बसेका ६५ जना मध्ये सबैको स्वाव काठमाडौं पठाइएको थियो । जसमध्ये शनिबार तीन जनामा संक्रमण पुष्टि भएको हो । विहीबार पहिलो चरणमा १२ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमा दुई जना संक्रमित देखिएका थिए । अरुको रिर्पोट आउन बाँकी थियो । जसमा शनिबार आएको रिर्पोट मध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्ति मायादेवी गाउँपालिकाका रहेको भएको पनि कुन वडाका हुन अझै खुल्न सकेको छैन् ।
प्रतिक्रिया