मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएपछि प्रदेश ५ मा संक्रमितको संख्या २७ पुगेको हो ।
नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमित थपिएका छन् । नेपालगञ्जमा योसँगै कोरोना संक्रमितहरुको संख्या २४ पुगेको छ ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार १६ वर्षका किशोरमा कोरोना देखिएको छ ।
पछिल्लो पटक लिइएको एक सय ३० वटा स्वावको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको हो ।
बाँकेमा अघिल्लो दिनको १ सय दुई, हिजोको ४८ वटा स्वाबको परीक्षण हुन बाँकी थियो । यसमा १ सय ३० वटाको रिपोर्ट आएको छ । मेसु डा. थापाका अनुसार, अहिले ६ जनाको परीक्षण भइरहेको छ ।
कपिलवस्तुमा विहीबार मात्र दुई जनामा कोरोना पुष्टि भएको थियो । यस भन्दा अगाडी रुपन्देहीमा एक जनामा कोरोना देखिएको थियो । कपिलवस्तु र रुपन्देहीमा देखिएका कोरोना संक्रमितको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार भैरहेको छ ।
नेपालगञ्जमा थप देखिएसँगै नेपालमा कोरोना संक्रमित एक सय दुई जना पुगेका छन् । नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब संकलन हुन सकेको छैन । संक्रमितको सम्पर्कवालाको खोजी गर्दै स्वाव लिने काम भइरहेको छ ।
प्रतिक्रिया