मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको मायादेबी गाउँपालिका– ४ अभिरावका दुई जना युवामा कोरोना संक्रमण देखिए पछि ती संंक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङका लागि प्रादेशीक अस्पतालबाट ४ सदस्यीय टोली कपिलवस्तु आएको छ ।
शुक्रवार ५ बजेतिर कपिलवस्तु आएको टोलीले प्रशासन कार्यालयमा प्रजिअ दीर्घ नारायण पौडेल सहीत जिल्ला सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीसंग छलफल समेत गरेको थियो ।
प्रादेशिक अस्पतानलका डाक्टर यदुनाथ घिमिरेको नेतृत्वमा ४ सदस्यीय टोली संक्रमितको अभिराव स्थित घरमा पुगेको प्रजिअ पौडेलले बताए ।
टोलीले संक्रमितहरुसंग सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरी आवश्यक टेस्ट समेत गर्ने छ । टोली पकडी स्थित छत्रपाली तिर्थादेबी माबिको क्वारेनटाइनमा समेत जानेछ । अभिरावका १६ र २२ बर्षीय युवामा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया