९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लकडाउन उल्लंघन गर्नेमाथि कारबाहीमा उत्रियो दाङ प्रहरी



दाङ ।
लकडाउन उल्लघंन गर्ने ५२ जनालाई प्रहरीले कारवाही गरेको छ । तुलसीपुरमा बाट लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

लकडाउनको अवधिमा बजारमा हिँड्ने तथा सवारी साधन चलाउनेलाई नियन्त्रणमा लिएको तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्मरपालले बताए ।

यस क्रममा एउटा ट्रक, दुईवटा जिप, तीनवटा मोटरसाइकल, दुईवटा स्कुटी र विभिन्न सवारी साधनका नियन्त्रणमा लिएको डम्मरपालले बताए । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई लकडाउन उल्लंघन नगर्ने सर्तमा केही घण्टा राखेर छोडिने प्रहरीले बताएको छ । तुलसीपुरमा बिहान दुई घण्टा मात्र अत्यावश्यक वस्तुको पसलहरु खुल्दै आएका छन् ।

यस अघि दैनिक तीन घण्टा खुल्दै आए पनि बिहीबारदेखि विहान ६ देखि ८ बजेसम्म मात्र खुला गर्न दिइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ०८ बजे