९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाघको आक्रमणमा परेका जनप्रतिनिधिको अवस्था गम्भीर



बर्दिया ।
बाघको आक्रमणमा घाइते भएका गेरुवा गाउँपालिका—४ का वडा सदस्य ६७ वर्षीय मायाराम खनालको अवस्था चिन्ताजनक रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित सामुदायिक वन नजिक बिहीबार दिउँसो भैंसी चराउन गएका खनाल माथि बाघले आक्रमण गरेको थियो ।

भैंसीलाई गेरुवा नदीमा पानी खुवाउने क्रममा निकुञ्ज नजिक रहेको सामुदायिक वनबाट निस्केको बाघले आक्रमण गरेको रेन्जर पुष्प श्रेष्ठले बताए । उनलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको छ ।

लकडाउन भएयता बर्दियामा बाघले दोस्रोपटक मानिसलाई आक्रमण गरेको छ । यसअघि मधुवन नगरपालिका–४ गम्मका ५० बर्षीय पल्लु थारुलाई बाघले आक्रमणमा घाइते बनाएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ०७ बजे