९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

क्रिकेटर सोलोलाई कोरोना पोजेटिभ



एजेन्सी ।
दक्षिण अफ्रिकाका अलराउन्डर सोलो एनक्वेनीलाई कोरोना पोजेटिभ देखिएको छ । २६ वर्षीय सोलोलाई कोरोना पोजेभिट देखिएको स्वयम्ले ट्विटरमा पोस्ट गर्दै जानकारी दिएका छन् ।

उनी पछिल्लो वर्षको जुलाइदेखि गुइलिन बार सिन्ड्रोमबाट पीडित थिए । तर, हाल पुनः उनलाई कोरोना भाइसर पोजेटिभ देखिएको छ । पाकिस्तानका जफर नवाज र स्कटल्यान्डका माजिद हकपछि कारोना पेजेटिभ देखिने सोलो तेस्रो क्रिकेटर हुन् ।

सोलेले ट्विटरमा खेलेका छन्, “पछिल्लो वर्षदेखि म जीबीएसबाट ग्रसित छु । मैले १० महिनादेखि यसको सामना गर्दै छु । केही हदसम्म ठिक भएको थियो । मलाई टीबी भएसँगै किड्नी र फोक्सो फेल भएको थियो । अब मलाई कोरोना पोजेटिभ देखिएको छ । म सोच्न सकिरहेको छैन । यो सब मलाईमात्र किन रु”

सोलोले दक्षिण अफ्रिका यू–१९ बाट खेलेका थिए । उनले घरेलु प्रतियोगितामा इस्टर्न प्रोभिन्सबाट खेलेका थिए । उनले हालसम्म ३६ प्रथम श्रेणीमा पाँच अर्धशतकसहित ७३५ रन जोड्दा ६० विकेट लिएका छन् । त्यस्तै ४४ लिस्ट ए र ३४ टी–ट्वान्टी खेलका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ०९ बजे