९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका कोरोना संक्रमित युवासँगै आएका दुई जनाको अवस्था अज्ञात



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावमा भेटिएका दुई संक्रमित दाजुभाई हुन । उनीहरु एउटै परिवारका दाजुभाईका छोराहरु रहेको कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । १६ र २२ वर्षका युवा हुन् । संक्रमित दुबै जना सहीत ७ जनाको समुह चाकरचौडा देखि नरकुलको बिचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत बैशाख २३ राति १० बजेतिर नेपाल छिरेका थिए ।

अभिरावमा रहेका ५ जनाको समुह घरमा पुगे पछि स्थानीयले खबर गरेका थिए । ५ जनाको समुहलाई १ घन्टा भित्रै स्थानीय र प्रहरीको सहयोगमा क्वारेनटाइन पठाइएको थियो । गत मंगलवार नै मायादेबी गाउँपालिका– १ स्थित छत्रपाली तीर्थादेबी माबिमा रहेको क्वारेनटाइनमा रहेका उनीहरु सहीत ६५ जनाको स्वाब संलकन गरी परिक्षणका लागि काठमाण्डौ पठाईएको थियो ।
त्यस मध्येका १२ जनाको मात्र रिर्पोट आएको छ । त्यसैमा २ संक्रमित देखिएका हुन । बाँकी ५३ जनाको रिर्पोट आउँन बाकी छ । त्यहाँ रहेको सबै जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन । प्रहरी उपरिक्षक जबराले चोरबाटो हुँदै अभिराव पुगेका ५ जना घर र अन्य मानिससंग संम्पर्कमा आउन नपाएको प्रारम्भिक सोधपुछमा पाइएको बताए ।

‘घर फर्केका एक दुई घन्टा भित्रै क्वारेन्टाईनमा पु¥याईएको छ’ उनले भने । सो समुहमा आएका ७ जना मध्ये २ जना को हुन भन्नेबारे अझै पत्ता लागेको छैन् । उनीहरुको समेत खोजी भइरहेको जबराले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले दुबै संक्रमितलाई शुक्रवार बिहान बुटबल स्थित कोरोना बिशेष अस्पतालमा एम्बुलेन्समा पठाइएको बताए । छत्रपाली माविको क्वारेनटाइनमा अहिले ६० जना व्यक्ति रहेका छन् ।

क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो । मायादेवीमा कोरोना संक्रमित भेटिए पछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले त्यहाँ स्वास्थयकर्मीको बिशेष टोली पठाएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । सो टोलीको सुझाव अनुसार आवश्यक कदम चालिने उनले बताए । भेटिएका संक्रमित सिमावर्ती पालिकाका रहेकाले अब सिमावर्ती पालिकामा बिशेष निगरानी गरिने उनले बताए ।

मायादेबी, शद्धोदन, बिजयनगर गाउँपालिका र कृष्णनगर र महाराजगंज नगरपालिकामा बिशेष निगरानी गरिने प्रजिअ पौडेलले बताए । लकडाउनलाई थप कडा बनाउने र सीमा क्षेत्रमा निगरानी बढाईने उनले बताए । यस अघि महाराजगंज, शिवपुर र तौलिहवामा गरी ५४ जनाको स्वाब परिक्षणको रिपार्ट नेगेटिभ देखिएको प्रजिअ पौडेलले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  १ : ०८ बजे