बाँके ।
कोरोना भाइरस संक्रमित भेटिएको नेपालगञ्जमा स्थानीय प्रशासनले शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ ।
सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका लागि निषेधित क्षेत्रलाई खुकुलो गरेको हो । तर, भीडभाड हुने तर, त्रिभुवनचोक, विपीचोक र रानीतलाउको सब्जीमण्डी नखुल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
सब्जीमण्डीमा अति भीडभाड हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि बन्द रहने भएको छ । यस्तै, सवारी साधन पूर्णरुपमा निषेध गरिएको छ । सामान खरिद गर्दा भीडभाड गर्न नपाइने, सामाजिक दूरी कायम गर्नुपर्ने, सवारी साधन सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
भीडभाड गर्ने, सामाजिक दूरीको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने पनि सहायक प्रजिअ उपाध्यायले बताए । नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रतिक्रिया