९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शीतगंगामा हावा–हुण्डरी र बर्षाले बवण्डर मच्चायो, विभिन्न गाउँमा लाखौंको क्षति



मायादेवी अनलाइन, अर्घाखाँची ।
तीव्र वेगमा आएको हावा–हुण्डरी र बर्षाले अर्घाखाँचीको शीतगंगा नगरपालिकाका बिभिन्न स्थानमा क्षति गरेकोे छ । हुण्डरीले नगरभित्र रहेका ९ वटा घरको छानो उडाउँदा लाखौको क्षति भएको छ ।

हुण्डरीले जिल्ला समन्वय समिति सदस्य समेत रहनु भएको बलेन्द्र बिश्वकर्माको घरको छानो समेत उठाएको छ । वडा नम्बर ४ चाक्लामा रहेको विश्वकर्माको घरको छानो उडाउँदा लाखौंको क्ष्ति भएको बिश्वकर्माले जानकारी दिनु भयो ।

उडाएको घरको छानोले दुई वटा मोटरसाइकल तथा एउटा जीपमा समेत क्षति पुगेको छ । यस्तै वडा नं. १३ कृतिपुर देउरालीमा बर्षासँगै परेको चट्याङको कारण गोठमा बाँधी राखेको १ वटा गोरु मरेको छ भने स्थानीय रमेश परियार चट्याङको कारण सामान्य घाइते हुनु भएको छ ।

परियारलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पठाइएको थियो । यस्तै चट्याङले बिभिन्न घरमा मिटर बक्समा क्षति गरेको छ । यस्तै हुण्डरीले वडा नम्बर ८ मा लगाइएको केरा खेतिमा क्षति गरेको छ । यस्तै वडा नम्बर १० मा केही घर गोठहरु हुण्डरीले उडाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ८ : २३ बजे