मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित नागरिक कपिलवस्तु नगरपालिका वडा नं. ८ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो वडा साविक दोहनी गाविस हो । तौलिहवा लुम्बिनी सडकखण्डमा पर्ने वडा नं. ८ सदरमुकाम तौलिहवाबाट नजिकै छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु नगरपालिका वडा नं. ८ (साविक विजुवा गाविस) का भनेपनि यी नागरिक मायादेवी गाउँपालिका वडा नं. ८ का रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया