काठमाडौं ।
उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।
निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ ।
यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए ।
संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ । उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । जसमा १५ जना निको भएका छन् । थप १३ जना अस्पतालमै छन् ।
उनीहरूसँगै झापाका दुई जना र भोजपुरका एक जना संक्रमित पनि कोसी अस्पतालमै छन् ।
प्रतिक्रिया