मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र वाणगंगा सुनचाँदी व्यवसायी नगर संघले विहीबार कालिगढलाई राहत सामग्री वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा कालिगगढ समस्यामा परेको भन्दै संघले नगरभित्रका ८६ कालिगढलाई राहत सामग्री बाँडेको हो ।
नगरभित्र रहेका ४८ सुनचाँदी पसलमा काम गर्ने ८६ कालिगढलाई २० किलो चामल, दुई किलो दाल, तेल, स्वायविन लगायतको सामग्री बाँडेको नेपाल सुनचाँदी व्यवासायी संघ प्रदेश ५ का सदस्य तथा वाणगंगा सुनचाँदी व्यवसायी नगर संघका अध्यक्ष डिलबहादुर खातीले जानकारी दिनुभयो ।
लामो समय लकडाउन हुँदा कालिगढ समस्यामा परेकोले संघले राहत सामग्री बाँडेको अध्यक्ष खातीले बताउनुभयो ।
प्रतिक्रिया