९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको सिमा नाकामा अलपत्र ८८ नेपालीलाई भारतको जिम्मा लगाइयो, २ सय ६५ अझै अलपत्र



मणि प्रसाद गैह्रे, तौलिहवा ।
नेपाल भारत सिमा क्षेत्र दशगजा क्षेत्र कपिलवस्तुको सिमावर्ती नाकाबाट आएका ३ यस ५३ नेपाली नागरिकलाई भारतका सुरक्षाकर्मीले जिम्मा लिएका छन् । भारतमा कोरोना तीव्र रुपमा फैलिएसंगै नेपालका बिभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपाल तर्फ नियमित रुपमा आइरहेका थिए ।

नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनीहरुलाई प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतीय पक्षका अधिकारीहरुसंग कुरा गरेपछि बुधवार मर्जादपुर नाकामा रहेका ८८ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । भारतले सिद्धार्थनगर जिल्ला थाना शोहतगढको रमवापुर माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखेको छ । अहिले २ सय ६५ जना अझै अलपत्र छन । यिनीहरुलाई पनि व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

भारतमा काम नपाउने, कम्पनी बन्द हुने गरेपछि खान वस्न समस्या भएको भन्दै आफुहरु आफ्नो देश फर्किन बाध्य भएको उनीहरुले बताएका छन् । भारत सरकारले सिमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु कपिलवस्तुको सिमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा छन् । उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।

भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको छ । धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको उनीहरु बताएका छन् । विभिन्न नाकामा रहेका नेपालीहरु अलपत्र परेपछि गाउँमा छिर्दा कोरोनाको त्रास फैलने समस्या, यसै नेपाल आउन नपाउँदा नेपाली नागरिक भौकै बस्न बाध्य रहेको जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेयले बताए ।

मर्जादपुर नाकाका ८८ जनालाई भारततर्फ व्यवस्थापन गरिएपनि यशोधरा गाउँपालिका ६ रंगपुर सिमामा रहेका २० जना भने सिमामा नै छन्, १ जना ६ महिनाको गर्भवती महिला रहेको उक्त टोलीमा रहेको सदस्य पाण्डेयले बताए । त्यस्तै हरदौर्ना नाकामा पनि एक जना गर्भवती महिला रहेकी छन् ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले गृह मन्त्रालयले लकडाउनको समयमा कोहीलाई पनि नेपाल छिर्न नदिन परिपत्र आएको कारण नेपालमा सहज रुपमा ल्याउने वातावरण नभएको बताए । तर, पनि कसरी नेपाल वा भारतमा क्वारेनटाइनमा व्यवस्थापन गर्ने बारेमा भारतीय सुरक्षाकर्मी र नेपालमा स्थानीय तहहरुसंग नियमित छलफल गरिरहेको उनले बताए । जसको कारण ८८ जनालाई व्यवस्थापन गरिएको र अन्यलाई पनि व्यवस्थापन गर्ने उनले बताए ।

यता महाराजगजं नगरपालिका प्रमुख अब्दुल कलाम खाँले र यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले सिमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्थानीय प्रशासनले क्वारेनटाइनमा राखेर व्यवस्थापन गर्न माग गरेको छ । सरकरले पानी परेको समयमा भौकै सिमामा नेपाल र भारत जान नपाएर विचमा अलपत्र नागरिलाई तत्काल वास वस्न र खाने व्यवस्था मिलाउन माग गरेका छन् ।

भोकमरीबाट वचेपछि सरकारको नियम अनुसार कोरोनाको चेकजाँच र क्वारेनटाइन समय पुरा गरेपछि घर फकर्ने व्यवस्था गर्न तत्काल सरकारसंग माग गरेका छन् । नेपालका सिमामा रहेका क्वारेनटाइनमा राखेर उनीहरुको खाना बस्न व्यवस्थापन गर्न स्थानीय तहहरु तयार रहेको बताए । महाराजगञ्ज नगरपालिकाको सिमामा जना रहेका छन् । उनीहरुलाई मेयर अब्दुल कलाम खांले त्रिपालको व्यवस्था गरेर खाना नास्ताको व्यस्था गरेका छन् । त्यस्तै यशोधरा गाउँपालिका क्षेत्रको सिमामा आएका नेपालीहरुको लागि तत्काल बस्नको लागि त्रिपाल र खानाको व्यवस्था गरिएको अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७ बिहिबार ००:००  १० : ०६ बजे